नायक आर्यन सिग्देल अभिनयमा जति दख्खल छन् युवतीको बिषयमा त्यती नै चर्चामा आउछन् । बारम्बार युवतीका कारणले चर्चामा आउने आर्यनलाई सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्नेहरुको पनि कमी छैन ।उनै आर्यन यतिबेला जोरपाटी निवासी एक युवतीको प्रेममा चुर्लुम्ब डुबेका छन् । जोरपाटी निवासी सपना भण्डारी आर्यनको प्रेमिका हुन् । मंगलबार काठमाण्डौमा आयोजना गरिएको आर्यन अभिनित चलचित्र ‘महशुश’को फष्टलुक कार्यक्रममा उनले प्रेमिका भण्डारीलाई पनि सँगै लिएर आएका थिए ।तर रमाइलो कुरा के छ भने, आर्यनका लागि ७० लाख बजेटमा तयार भएको चलचित्र र आफ्नो करिअर भन्दा पनि प्रेमिका नै महत्वपुर्ण रहेको स्पष्ट देखियो । निर्माता कल्याण घिमिरेलाई कपडा फेरेर आउँछु भन्दै महाराजगञ्ज स्थित आफ्नो कोठामा पुगेका आर्यन कार्यक्रम सकिदा सम्म पनि आएनन् । बारम्बार आफु टर्निङमा आइपुगेको बताउदै आर्यन कार्यक्रम अवधिभर देखिएनन् । आर्यन नआएपछि उपस्थित मिडियाकर्मी र निर्माणपक्ष खुशी देखिएको थिएन । तर सबै मिडियाकर्मी गएको ढान्दै आर्यन आफ्नी प्रेमिकाको साथमा १ घन्टा ढिलो कार्यक्रममा आइपुगेका थिए । तर आर्यन र उनकी प्रेमिका मिडियाको क्यामेरा अघि कैद भैछोडे । आर्यन आफ्नी प्रेमिकासँग निक्कै मस्तीको मुडमा कार्यक्रममा देखिएका थिए । सार्वजनिक कार्यक्रममा प्रेमिकालाई ल्याउनुको कारणबारे अनलाइनखबरले सोधेको प्रश्नमा आर्यनले केही बोलेनन्, टारे मात्र । तर उनकी प्रेमिकाले भने अनलाइनखबरसँग खुलेरै कुरा गरिन् । आर्यन सपनालाई ‘नानु, ‘बाबा’, ‘बाबु’ जस्ता विशेषणले बोलाउने गर्छन् । ‘महशुश’को कार्यक्रममा पनि आर्यनले सपनालाई यस्तै शब्दहरुले सिंगारेका थिए । आर्यन र सपनाको प्रेम फेसबुक मार्फत भएको हो । उनीहरु विगत साढे २ बर्षदेखि प्रेममा छन् । आर्यनले सपनाको नामको पहिलो अक्षर ‘एस’ आफ्नो हातमा पनि कोरेका छन् ।आर्यन नआएपछि उपस्थित मिडियाकर्मी र निर्माणपक्ष खुशी देखिएको थिएन । तर सबै मिडियाकर्मी गएको ढान्दै आर्यन आफ्नी प्रेमिकाको साथमा १ घन्टा ढिलो कार्यक्रममा आइपुगेका थिए । तर आर्यन र उनकी प्रेमिका मिडियाको क्यामेरा अघि कैद भैछोडे । आर्यन आफ्नी प्रेमिकासँग निक्कै मस्तीको मुडमा कार्यक्रममा देखिएका थिए । सार्वजनिक कार्यक्रममा प्रेमिकालाई ल्याउनुको कारणबारे अनलाइनखबरले सोधेको प्रश्नमा आर्यनले केही बोलेनन्, टारे मात्र । तर उनकी प्रेमिकाले भने अनलाइनखबरसँग खुलेरै कुरा गरिन् । आर्यन सपनालाई ‘नानु, ‘बाबा’, ‘बाबु’ जस्ता विशेषणले बोलाउने गर्छन् । ‘महशुश’को कार्यक्रममा पनि आर्यनले सपनालाई यस्तै शब्दहरुले सिंगारेका थिए । आर्यन र सपनाको प्रेम फेसबुक मार्फत भएको हो । उनीहरु विगत साढे २ बर्षदेखि प्रेममा छन् । आर्यनले सपनाको नामको पहिलो अक्षर ‘एस’ आफ्नो हातमा पनि कोरेका छन् । सपनासँग निकट हुँदै गएपछि आर्यन मिडिया र साथीभाइको नजिक खासै देखिदैनन् । मंगलबारको कार्यक्रममा पनि उनले सपनाकै लागि ७० लाखको बजेटमा बनेको र आफ्नो करिअर जोडिएको सिनेमाका कार्यक्रम नै त्यागेका थिए । हुनत आर्यन र सपना बिहे नै गर्ने सोचमा छन् । तर पनि यि दुइको जोडी कहिलेसम्म टिकिरहने हो, त्यो समयले नै बताउने कुरा हो । तर सपनाको लागि आफ्नो साथीभाई, मिडिया र करिअर जोडिएको सिनेमालाई नै वेवास्ता गर्ने आर्यनको शैलीलाई देखेर त यति मात्र भन्न सकिन्छ, ‘आखिर यो माया भन्ने चिज यस्तै हो ।’
जब पहिरनको कुरा आउँछ, मोडल क्रिष्टिना मिलियन निक्कै नै ध्यान दिन्छिन् । हालै मात्र उनले एक म्यागेजिनक लागि फोटोसुट गराएकी छिन् । कस्मोपोलिटियन ल्याटिन्स स्विमर बिषयमा प्रकाशित अंकमा उनले हट फोटोसुट गराएकी हुन् ।३१ बषिर्या यि मोडलको हट अवतार फोटोसुटको क्रममा देखिएको थियो । कालो पहिरन लगाएर समुन्द्री तटमा ढल्कदा क्रिष्टिना निक्कै आकर्षक देखिएकी थिइन् । उनले फोटोसुटका क्रममा आफ्नो ट्याटु पनि देखाएकी थिइन् । गायिका समेत रहेकी क्रिष्टिना नयाँ एल्बमको काम समेत गरिरहेकी छिन् । उनले सन् २०१२ मा ल्याएको एक एल्बमले चर्चा पाएको थियो । तर आफ्नो गायिकीबाट दिक्क भएकी यि गायिकाले अहिले फेरी एल्बम निकाल्ने तयारी गरेकी छिन् । उनले आफुलाई पनि यो क्षेत्रमा आउन प्रोत्साहन दिने सबैलाई धन्यबाद समेत दिएकी छिन् । उनले आफुले अब आफ्नो स्वरलाई अझ निखारेर गायकीलाई अगाडी बढाउने बताएकी छिन् ।
आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘काठमाण्डु’ ले एक नयाँ प्रयोग गरेको छ । नेपाली सिनेमाको अनलाइन पाइरेसी भइरहेको घटना आइरहेको समयमा अब यो सिनेमा भने अनलाइनमार्फत नै हेर्न पाइने छ । निर्देशक आकाश अधिकारीले ‘काठमाण्डु’लाई अनलाइन रिलिज गरेको बताए । चलचित्र हेर्नका लागि यो लिंकमा क्लिक गर्न सकिनेछ । आकाश अधिकारी र विन नविन अधिकारीको निर्माणमा तयार भएको यो सिनेमाले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपालमा पहिलो पटक फोर के क्यामेराले छायांकन गरिएको ‘काठमाण्डु’ प्रविधिका हिसाबले पनि उच्च रहेको छ । चलचित्रमा आकाश अधिकारी, रेश महरठ्ठा, रिया मर्फी, प्राप्ती घिमिरे, ममता प्रधान, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली सिनेमाका लागि अनलाइन रिलिज नयाँ प्रयोग हो ।
उनीहरुको शरीर एउटै छ तर, अनुहार दुई । उनीहरु एब्बी र ब्रिटनी हेन्सल । एब्बी र ब्रिटनी जुम्हाला हुन् । उनीहरु एकसाथ काममा जान्छन् । साथीभाईसँग रमाइलो गर्छन्, भलिबल खेल्छन्, ड्राइभिङ पनि गर्छन । एक शरीरमा दुई अनुहारको जीवन कति सजिलो वा कठिन होला ? डिग्री दुर्इ तर, तलब एककै ३२ वर्षीया एम्बी र ब्रिटनी अमेरिकाको मिनेसोटामा बस्छन । दुबै प्राइमरी स्कुलमा शिक्षिका छिन् । उनीहरुसँग पढाउन दुई लाइसेन्स पनि छ । तर, तलब एकको मात्र पाउँछन् । एब्बी भन्छिन्-हामीसँग दुई डिग्री छ । किनकी हाम्रो दृष्टिकोण अलग-अलग छन् । पढाउने तरिका पनि एक अर्कामा फरक छ ।’ आफूहरुले एक व्यक्ति भन्दा बढी काम गर्ने एब्बी बताउँछिन् । अनौठो शरीरिक बनोट एब्बी र ब्रिटनी कक्षमा हुँदा उनीहरु मध्ये एकले विद्यार्थीलाई पढाउँछन् भने अर्कोले प्रश्नहरुको जवाफ दिने वा बच्चाहरुमाथि निगरानी गर्नेछन् ।जीवनको हरेक पल सँगसँगै बिताउने उनीहरुको शरीरिक बनोट अनौठो छ । उनीहरुको फोक्सो, मुटु र पेट दुई छ तर, प्रजजन अंग र कलेजो एउटै छ । एब्बी र ब्रिटनीले बाल्यकालदेखि नै शरीर जोडिएका कारण एकअर्काको गतिविधीमा तालमेल मिलाउन सिके । जस्तो कि एब्बी दायाँ हात नियन्त्रण गर्छिन् भने बि्रटनी बायाँ । उनीहरुको उचाईमा पनि अन्तर छ । एक्बी ५ फुट २ इन्चकी छिन् भने बि्रटनीको लम्बाई ४ फुट १० इन्च छ, जसका कारण बि्रटनी संतुलन कायम राख्न खुट्टाको पंजाले टेक्छिन् । यस्तो सन्तुलन उनीहरुले खानपानलेखि समाजिक जीवन र कपडामा समेत मिलाउनु पर्छ । एब्बी भन्छिन्-’हाम्रो एकदमै अलग छौं । म मस्त र रमाइलो गर्न रुचाउँछु भने ब्रिटनी सन्तुलित र गम्भीर स्वभावकी छिन् ।’ कुन कपडा लगाउने भन्नेमा एब्बीले सँधै जित्ने ब्रिटनीले बताइन् । एब्बी घरमै बस्न रुचाउँछिन् भने ब्रिटनीलाई बाहिर घुम्न मन लाग्छ । बि्रटनीलाई उग्लो ठाउँमा जान डर लाग्छ भने एब्बीलाई त्यस्तो ठाउँमा जान रुचाउँछिन् । गणित र विज्ञान अध्ययन एब्बीको रुचीको विषय हो भने बि्रटनीको रुची कलामा छ ।
के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? के तपाईलाई आफ्ना प्रमी प्रमिकासंग प्रेमरसमा जिस्कीन चाहनुहुन्छ ? त्यसो हो भने अब तपाईलाई सहयोग गर्न यस्तो प्रबिधिको पनि बिकास भैसकेको छ । जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ । सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द उठाउन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्स ले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्ते‍जना पैदा गर्नेछन् । फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् ।(एजेन्सी)
विन्दास’ को सफलता पछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेका छन् । चलचित्र ‘विन्दास २’ को छायांकन जेष्ठ ५ गतेबाट सुरु हुने निर्माता श्रेष्ठले जानकारी दिएका छन् । चलचित्रलाई राजु गिरीले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा सुष्मा कार्की, सुशान्त कार्की, नव नायिका अनिशा गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । ‘विन्दास’ मा हट दृश्य दिएकी सुष्माले यो चलचित्रमा भने लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवतीको भुमिकामा अभिनय गर्दैछिन् । यसपटक सेक्सलाई महत्व नदिने निर्देशक गिरीको भनाई छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहने पक्का भएको छ । युवापुस्तामा बढ्दै गएको वेरोजगारी र विदेश पलालयनको कथालाई पनि सिनेमाले उठान गर्ने बताइएको छ ।
‘विश्व वौद्धिक सम्पत्ती’ दिवसको अवसर पारेर आयोजना भएको एक कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरुले हंगामा मच्चाएका छन् । नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यलयले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई सम्बोधन नगरेको भन्दै ‘राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान’ का कलाकारहरुले विरोध गरेका हुन् । स्टेजमा सबै क्षेत्रका व्यक्तिहरुलाई बोलाएपनि आफुहरुलाई नबोलाएको भन्दै प्रतिष्ठानका सदस्यहरु विरोधमा उत्रिएका हुन् । विरोध पश्चात कार्यक्रम केही समय रोकिएको थियो । लोकदोहोरी प्रतिष्ठान काठमाण्डौ शाखाका अध्यक्ष शिव हमालको नेतृत्वमा कलाकारहरुले विरोध गरेका हुन् । विरोध पश्चात आयोजकलाई घटना साम्य पार्न धौ धौ परेको थियो । प्रतिष्ठानका कलाकारहरुले निरन्तर विरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले उनीहरुलाई संझाउन प्रयास गरेका थिए । विरोधमा उत्रिएका हमालले भने, ‘हामीलाई नबोलाउने नियतले नै यसो गरिएको हो ।’ हंगामा भएपछि कार्यक्रममा प्रहरी प्रवेश गरेको थियो । प्रतिष्ठानको विरोध पश्चात कार्यक्रमको समय अवधि पनि छोट्टाइएको थियो । करिब आधा घन्टा विरोध गरेपछि प्रतिष्ठानका कलाकाहरुले कार्यक्रम बहिष्कार गरेका थिए । कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरुको बाहुल्यता देखिएको थियो ।
जवानी चढेपछि विपरित लिंगीसँग नजिकिन, बोल्न, माया गाँस्न मन लाग्नु स्वभाविकै हो । कतिपयले मनको यस्तो इच्छा दबाएर राख्छन् त कतिपयले विभिन्न किसिमले प्रकट गर्छन् । जापानका एक जना युवकले आफ्नो केटीसँग बोल्ने र नजिकिने इच्छा पूरा गर्न निकै अचम्मको तथा डर लाग्दो उपाय अपनाएका छन् । रकेटन्यूजका अनुसार २५ वर्षका योसिहितो हारदाले केटीसँग बोल्नका लागि र सम्बन्ध गाँस्नका लागि १ हजार वटा कारका टायर काटिदिएका छन् । उनले केटीले चलाएका हजारवटा कारका पांग्रा काट्नुको एक मात्र उद्देश्य ती कार चलाउने केटीसँग बोल्नु थियो । आफ्नो कारको टायर काटिएको देखेपछि रिसाएरै भएपनि केटीहरु आफुसँग बोल्नेछन् भन्ने उनको लालसा रहेछ । उनी केटीहरुले चलाएका कार पार्किङ्गमा राखिएको देखेपछि चक्कुले काटिहाल्दा रहेछन् । कारका पांग्रा काटेको लगायतका विभिन्न अभियोगमा उनी विरुद्ध नागोया जिल्लाको अदालतमा मुद्दा चलेको छ । अभियोजनकर्ताहरुले ती युवकले केटीहरुसँग सम्बन्ध स्थापित गर्ने उद्देश्यका लागि टायर काटेको दाबी गरेका छन् । उनको दिनचर्या निकै अनौठो रहेछ । पार्किङमा राखिएका कारका टायर काटेर सबै हावा फ्याँकिदिने अनि नजिकैको कुनै ठाउँमा ढुकेर बस्ने । जब त्यो कार चलाउने केटी कार चलाउन पार्किङ गरेको ठाममा पुगेर कारभित्र पसेर चलाउन थाल्छे र पंाग्रो काटिएका कारण कार चल्दैन तब झुलुक्क त्यहाँ आइपुग्ने । ओहो तपाइँको टायर फुटेछ, टाल्नको लागि म सहयोग गर्छु भन्ने र केटीसँग धित मरुन्जेल बोल्ने अनि अन्त्यमा फोन साटासाट गर्ने उनको चलन रहेछ । एक पटक एक जना केटीले आफ्नो कारको टायर टाल्न एक जना केटाले सहयोग गरेको आफ्नी साथीसँग बताइछन् । त्यो साथीको पनि उस्तै घटना घटेको रहेछ र हारदाले त्यसैगरी उनको कार टाल्न सहयोग गरेका रहेछन् । त्यसपछि हारदामाथि शंका भयो र एक कान दुइ कान मैदान हुँदै खास कुराको पोल खुल्यो । अनि अन्त्यमा पीडित कारचालका युवतीहरुले प्रहरीमा उजुरी गरी ती युवकलाई पक्रिए ।
उमेर ढल्कदै गएपछि नायक राजेश हमालले चलचित्रमा उत्तेजक दृश्य दिन थालेका छन् । कुनै समय नायिकासँग नजिक हुन पनि डराउने हमाल अहिले भने चलचित्रमा खुलेरै यौनका दृश्य दिन थालेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा नायक हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्य समावेश छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । प्रोमोमा नायक राजेश हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ । यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापाको पनि अभिनय छ । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ को प्रोमोले बजारमा राम्रो प्रभाव पार्ने आशा गरिएको छ । चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, अराज केशव, हिमाल सागरलाई पनि देख्न सकिन्छ । नेपाली सिनेमामा पछिल्लो समय चलेको बिषयबस्तु भन्दा केही फरक कथामा तयार भएको ‘किन किन’ले सिने बजार तताउने विश्वास धेरैको छ । उकेशले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’ले पनि सर्वाधिक चर्चा पाएको थियो ।
प्याजले केवल खानालाई स्वादयुक्त मात्र बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ । आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौनिक कमजोरी हटाउन पनि सहयोग गर्छ । सुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि सम्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइनछ । विशेषज्ञहरुका अनुसार यौन शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो । प्याजका फाइदा यस्ता छन् : सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५-५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौन क्षमता वृद्धि भएको पाउनुहुनेछ । रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ । प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् । यसले शिघ्रपतनको समस्या केही कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ । मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्नेछ । एजेन्सीको सहयोगमा
चेन्नई - चेन्नईमा इन्जिनियरिङ अध्ययन गरीरहेका तीन छात्राले यौन उत्पीडन र बलात्कार रोक्न एउटा विशेष अन्तर्वस्त्र निर्माण गरेका छन्। भारतीय सहर चेन्नईको एसआरएम विश्वविद्यालयमा अध्ययनरत तीन छात्रा मनीषा मोहन, रिम्पी त्रिपाठी र निलाद्री बसुले महिलालाई बलात्कारबाट बचाउने अन्तर्वस्त्र विकास गरेका हुन्। ती छात्राको नौलो आविष्कारका लागि उनीहरूलाई गान्धीयन यङ अवार्ड समेत प्रदान गरिएको छ। उक्त अन्तर्वस्त्र पहिरिने महिलाको अंग छुने व्यक्तिलाई ३८०० किलोवाट बराबरको विद्युतीय झट्का लाग्छ। तर बिजुलीको झट्काबाट मानिसको मृत्यु नै भने हुँदैन। यसबाहेक उक्त अन्तर्वस्त्रमा जडान गरिएको जिपिएस प्रणालीले पीडितको परिवार र प्रहरीलाई समेत सूचना पठाउँछ। अहिले नै यो अन्तर्वस्त्र व्यावसायिक रुपमा बजारमा उपलब्ध छैन र नमुना मात्र विकास गरिएको छ। तर उक्त अन्तर्वस्त्र विकास गर्ने तीन छात्राले व्यावसायिक उत्पादनका लागि उनीहरूसँग लगानीकर्ताले सम्पर्क गरेको बताएका छन्। तीन छात्रामध्ये एक मनीषा मोहनले उक्त एन्टी रेप अन्तर्वस्त्रमा एउटा प्रेसर सेन्सरलाई बिजुली प्रवाह गर्ने विद्युतीय सर्किटमा जोडेर जडान गरिएको बताइन्। उनले अधिकांश बदमाश महिलाको वक्षस्थलमा हात हाल्ने भएकाले अन्तर्वस्त्रमा निश्चित सीमाभन्दा बढी दबाब परेपछि दबाब दिनेलाई विद्युतीय झट्का लाग्ने बताइन्। साथै अन्तर्वस्त्रले पीडित महिलाको परिवार र प्रहरीलाई समेत सूचना पठाउने उनले बताइन्। अन्तर्वस्त्रको सबैभन्दा अचम्मलाग्दो विशेषता भनेको पहिरिने महिलालाई यसबाट उत्पन्न हुने बिजुलीको झट्का नलाग्नु हो। अन्तर्वस्त्रको बाहिरी तहले विद्युतको सुचालकको काम गर्छ भने भित्री तहले विद्युतरोधी इन्सुलेटरको काम गर्छ। चन्डिगढकी मनीषाले आफू उच्च अध्ययनका लागि चेन्नईतर्फ प्रस्थान गर्दा बुवाको आँखामा उनको सुरक्षाबारे चिन्ता स्पष्ट देखिन्। त्यसपछि राजधानी नयाँ दिल्लीमा भएको सामूहिक बलात्कार कान्डपछि उनलाई बलात्कार रोक्न केही न केही गर्नैपर्छ भन्ने लाग्यो। साँझ अबेरसम्म काम गर्नुपर्ने महिलासँग कुनै यस्तो यन्त्र हुनुपर्छ जसले आफूलाई सुरक्षित बनाउन सकोस् र उनीहरूलाई सुरक्षाको अनुभूति दिन सकोस् भन्छिन् उनी। यसपछि नै उनीहरूलाई यस्तो अन्तर्वस्त्र निर्माण गर्ने सोच आएको बताउँछिन् उनी। हाम्रो समाजका अधिकांशले बलात्कार पीडित महिलालाई आवश्यक पर्ने ढाढस् त दिँदैनन् नै समर्थन समेत गर्दैनन् भन्छिन् मनीषा। अहिले जताततै बलात्कार बढीरहेका बेला महिला सशक्तिकरणका लागि समेत यस्ता यन्त्र निर्माण गर्नुपर्ने आवश्यकता देख्छिन् मनीषा। मनीषा अन्तर्वस्त्र उत्पादन र बिक्रीमा भारत सरकारले अनुदान दिओस् भन्ने चाहन्छिन्। दुर्गम र ग्रामीण महिलाले सुलभ रुपमा अन्तर्वस्त्र उपलब्ध गराउने मनीषाको मुख्य उद्देश्य छ। गाउँमा महिला सुतेका बेला राती घरबाटै अपहरण गरी बलात्कार हुनु सामान्यजस्तै भएका बेला मनीषा इज्जत बचाउन सक्ने अन्तर्वस्त्र ती ग्रामीण महिलालाई उपलब्ध गराएपछि मात्र आफ्नो उद्देश्य पूरा हुने बताउँछिन् मनीषा। अहिले नमुना मात्र तयार भएको अन्तर्वस्त्रको व्यावसायिक उत्पादन अधिकार खरिद गर्न लगानीकर्ताले आफूसँग सम्पर्क गरेको बताउँछन् यी छात्राहरू।
विभिन्न अपराध गरेको आरोपमा वा कानून उल्लंघन गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकलाई देश निकाला गरिएको त सुनिएकै हो । तर हुँदाहुँदा सुन्दर हुनु पनि अपराधमै दरिएको छ र साउदी अरेबियामा तिनजना विदेशी युवाले बढि ह्याण्डसम भएको आरोपमा साउदी अरेबियाबाट देशनिकाला सहनुपरेको छ ।साउदी पत्रिका इलाफका अनुसार युएइका ति तिनजना युवा बढि सुन्दर भएकोले उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने डरले उनीहरुलाई साउदीको धार्मिक प्रहरीले घर फर्काएको हो । समाचार अनुसार रियादमा आइतबार आयोजित एक सांस्कृतिक समारोहका अवसरमा संयुक्त अरब इमिरेट्स बाट पाहुनाको रुपमा आएका तिनजना लक्का जवान तन्नेरीलाई धार्मिक प्रहरीले अकस्मात त्यहाँबाट निकाला गरी घर फर्काएको हो । ती युवाहरुलाई समारोह स्थलमा बस्न दिइएको भए उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने र लहसिने डरमा उनीहरुलाई आयोजकले प्रहरी लगाएर बाहिर पठाएको बताइएको छ । समारोहस्थलबाट बाहिर निकालिएपछि उनीहरुलाई तत्काल युएइ फिर्ता पठाइएको थियो ।

Various Video