Home �
Gossip
� आइतबारदेखि सिनेमाको प्रदर्शन बन्द, पप्पुलाई बोर्डमा छिर्न नदिइने (फोटोसहित)
Unknown |
12:15 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपाल सरकारले चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा धमेन्द्र मरवैता ‘पप्पु’ लाई नियुक्त गरेपछि चलचित्रकर्मीहरु आक्रोशित भएका छन् । चलचित्र बिकास बोर्डमा आन्दोलनरत चलचित्रकर्मीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै विरोधका नयाँ कार्यक्रम घोषणा गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै बोर्डमा नयाँ अध्यक्ष आएको भन्दै चलचित्रकर्मीले धोका भएको ठहर गरेका छन् ।चलचित्रकर्मीहरुले तत्काल ४ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रमहरु यसप्रकार छन् :
१. यस आन्दोलन ऐक्यबद्धता जनाएका विभिन्न संघसंगठनहरुको समेत सहभागितामा माघ १४ गतेदेखी नेपालभरी सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने ।
२. मन्त्रीपरिषद्ले स्वइच्छाकारी निर्णय गरी नियुक्त गरेको चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र महरवैतालाई बोर्ड प्रबेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने ।
३. जारी रिले अनशनलाई हालकै स्थानमा यथावत सूचारु राख्ने ।
४. माघ १४ गते बिहान ११ बजे चलचित्र बिकास बोर्ड परिसरमा बृहत्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मी माथी धोका भएको भन्दै अब सरकारसँग मुडभेडको अवस्था आउन सक्ने चेतावनी दिए ।
यसैबिच चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीहरुको जारी रिले अनशन शनिबारबाट १० औ दिनमा प्रवेश गरेको छ । शनिबार रिले अनशनमा नायिका नन्दिता केसी पनि उत्रिएकी छिन् । हालसम्म ६० भन्दा बढी चलचित्रकर्मी रिले अनशनमा बसिसकेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
Gossip
About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!
0 comments