Home �
Featured
,
Wonder
� बेलायती कुकुरको घाँटीमा मेसिन !
Unknown |
03:07 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अबको ३ वर्षभित्रमा बेलायतका सबै कुकुरको घाँटीमा माइक्रोचिप्स लगाइने भएको छ । सर्वसाधारणबाट कुकुर हराएका गुनासा निकै बढेपछि सरकारले यस्तो योजना बनाएको हो । कुकुर आफै हराउने मात्र कुकुर बुढो भएपछि भुस्याहा बनाएर छाडिदिने कुकुर मालिकको प्रचलनलाई रोक्न यस्तो विधि अपनाउन लागिएको हो ।
बेलायतमा वर्षेनी १० हजार कुकुर हराउँछन् । जसमध्ये आधाजसो हराएका कुकुरलाई उनीहरुका मालिकहरुले भेट्नै सक्दैनन् । अब घाँटीमा जडान गरिने चामलको गेडा आकारको माइक्रोचिप्सले कुकुर कुन कुकुर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिनेछ ।यद्यपि बेलायतमा आधाभन्दा बढि अथात् ८० लाख कुकुरलाई पहिले नै माइक्रोचिप्स लगाइसकिएको छ । कुकुर मालिकले स्वेच्छाले आफ्नो कुकुरलाई यस्तो मेसिन लगाइदिने गरेकोमा तर अब भने सन् २०१६ को अपि्रल सम्ममा अनिवार्य रुपमा माइक्रोचिप्स लगाइदिनुपर्नेछ ।
यो व्यवस्थासँगै अब कुकुर किन्नु वा बेच्नु अघि कुकुर मालिकले उक्त कुकुरबारेको सबै विवरण दर्ता गराउनुपर्नेछ । यो नियम पालना नगर्नेले झण्डै साढे ६ हजार रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्नेछ । जबकी माइक्रोचिप्स जडान खर्च झण्डै ३ हजार रुपैयाँ जति खर्च गर्नुपर्नेछ ।कुकुर मालिकले नियतबस घरपालुवा कुकुरलाई सडकमा पूराएर छाड्ने र कतिपय अवस्थामा हराएको कुकुर घरमालिकले चिन्न नसक्दा समेत कुकुर छाडा तथा भुस्याहा बन्ने क्रम बढेसँगै सरकारले यस्तो नियम बनाउन लागेको बेलायती वातावरण मन्त्रीले बताएका छन् । साथै टोक्ने तथा संक्रमणकेा शंका रहेका कुकुरको नियन्त्रणका लागि नयाँ प्रहरी बल समेत निर्माण गरिएको छ ।
तथ्यांक अनुसार बेलायतमा सन् २००५ मा ६ जना वयस्क तथा ८ जना बच्चाको कुकुरको टोकाइबाट मृत्यु भएको थियो । पछिल्लो एक वर्षमा ३ हजार जना हुलाक कर्मचारी कुकुरको टोकाइमा परेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
Featured,
Wonder
About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!
0 comments