‘म मोटाएको छु, प्लिज फोटो नखिच्नुहोस्’- नायिका कल्पना शाही

Unknown | 11:06 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

एउटा सामान्य व्यक्ति मोटे हुँदै गयो भने उसलाई चिन्ता पर्न थाल्छ । मोटो शरिर कसैका लागि पनि फाइदाजनक नहुने चिकित्सकहरु बताउँछन् । झन् यो कुरा सेलिब्रेटीहरुका लागि महत्वपुर्ण छ । शरिर मोटायो भने दर्शकको आलोचना भोग्नु पर्ने, मिडियाको टिप्पणी सहनु पर्ने, सिनेमाको अवसर कम हँुदै जाने भएकाले पनि सेलिब्रेटीहरु आफुलाई हरदम फिट राख्न चाहन्छन् । तर आफुलाई फिट राख्न नसकेपछि एक नायिकालाई पर्नु पिर परेको छ । यसैले उनी सार्वजनिक कार्यक्रममा पुग्दा पनि मिडियासँग पर पर भाग्न थालेकी छिन् । बिहिबार आयोजना भएको एक सिनेमाको पि्रमियर कार्यक्रममा नायिका कल्पना शाहीले यस्तै सास्ती भोगिन् । पछिल्लो समय शरिर मोटो भएपछि उनी चिन्तित भएकी छिन् । तर शरिरलाई कसरी फिट राख्ने बारेमा अझै उनले सोच्न सकेकी छैनन् । मिडियाले फोटो खिच्ला कि भन्ने डरले भागिरहेकी कल्पनाले अनलाइनखबरको क्यामेरा अघि परेपछि फोटो नखिच्न भनिन् । उनले भनिन्, ‘म मोटाएको छु, यसैले प्लिज फोटो नखिचिदिनुहोला ।’ कल्पनाको शरिर पहिलेको भन्दा निक्कै मोटो देखिएको थियो । उनलाई आफ्ना सहकर्मी साथीहरुले पनि किन यसरी मोटाएको भन्दै आलोचना गरिरहेका थिए । उनलाई आफू कहिले दुब्लाउँछु भन्ने नै थाहा रहेनछ । अनि कहिले शरिरलाई फिट बनाउनुहुन्छ त भन्ने प्रश्नमा उनले २ बर्ष लाग्ने बताइन् । आखिर कल्पनाले २ बर्ष लाग्ने बताएर के कुराको संकेत गर्न खोजेकी हुन्, त्यो उनले नै जान्ने कुरा हो । तर उनको यो कुराले दालमा केही कालो छ भन्ने कुरा प्रष्ट पार्दछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video