मोबाइलमा फेसबुक चलाउनेका लागि खुशीको खबर

Unknown | 16:21 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

स्मार्टफोनमा फेसबुक प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताको लागि फेसबुकले नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने स्मार्टफोनमा फेसबुक प्रयोगकर्ताले अब फेसबुकको प्रयोग गर्दा झनै सजिलो महसुुस गर्न पाउनेछन् । होम नामको यो सफ्टवेयरले समाजिक संजालको फीडलाई सिधै तपाईको एन्ड्रोयड फोनको होप पेजमा पठाउनेछ । यो सफ्टवेयर एन्ड्रोयड अपरेटिङ सिस्टमका लागि एक ‘र्‍यापर’ को जस्तो काम गर्छ र फोनको प्रयोगका मूख्य बाटो बन्छ । सूचना, तस्वीर र सन्देश फोनको मूख्य स्क्रीनमा देखिनेछ न कि फेसबुकको ऐपको माध्यमबाट । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो परिर्वतनले मोबाइल प्रयोगकर्ताको केन्द्रमा ऐपको स्थानमा मानिस आउने बताएका छन् । फोन ऐप कम्प्युटर वल्र्डको विरासत भएको उनको भनाई छ । होम सफ्टवेयरले फेसबुक फेसबुकको सबै कन्टेन्ट र च्याट फोनको होम स्क्रीनमा देखाउनेछ । यो सफ्टवेयर गुगल प्ले स्टोरको माध्यमबाट डाउन लोड गर्न सकिनेछ । फेसबुकको यो होम सफ्टवेयर १२ अपि्रलबाट ५ प्रकारका फोनमा उपलब्ध हुनेछ, जसमा एचटीसीका २ र सामसुङको तीन खाले स्मार्टफोन छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video