नेपालमा कुकुरलाई दिइयो तिन महिने संगीनी सुइ , नतिजा क्यान्सर !! सल्यक्रिया गरिदै

Unknown | 06:27 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

गर्भनिरोधक तीन महिने सुई संगिनीको प्रयोगले कुकुरको पाठेघरमा क्यान्सर देखिएपछि कञ्चनपुरमा पहिलो पटक शल्यक्रिया गरिएको छ । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले जिल्लामै पहिलो पटक कुकुरको पाठेघरको शल्यक्रिया गरेको हो । भीमदत्त नगरपालिक–१२ बडैपुरका राजेन्द्रपसाद पन्तले पालेको जर्मन सेफर्ड जातको कुकुरको पाठेघरमा अबैध रुपमा संगिनी सुईको प्रयोगबाट समस्या देखिएपछि आज शल्यक्रिया गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा.मदनसिंह धामीले बताए । उनका अनुसार मानिसमा प्रयोग हुने संगिनी सुई कुकुरमा लगाएका कारण कुकुरमा यस्तो समस्या देखिएको हो । कुकुरको पाठेघरमा निरन्तर पिप बग्ने तथा झोक्राएर बसिरहने समस्या देखिएपछि उपचारका लागि पशु सेवा कार्यालयमा ल्याईएको थियो । पशु विकास अधिकृत डा. धामीले बजार तथा ग्रामीण क्षेत्रमा अधिकांशले कुकुरमा संगिनी सुई लगाउने गरेका कारण धेरैमा यस्तो समस्या देखिएको बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video