आफ्नी महिलालाई गर्नुपर्ने पाँच कुराहरु..

Unknown | 07:29 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने तपाइले र्बिसिनुनहुने कुराहरुः हामी सबैजनालाई आफ्नो तारिफ सुन्न रमाइलो नै लाग्छ र यदि तपाईंलाई आफ्नो महिलाको तारिफ गर्न मनलाग्छ भने केहि कुराले पनि तपाईंलाई छेकेको महसुस नगर्नुहोस् । तारिफको लागि तपाईंले आकाशको तारा झारिदिने कुराहरु गर्नु भनेको होइन र उनले गरेको सबै कुराहरुको तारिफ गर्नु भन्न खोजेको पनि होइन । सानोभन्दा सानो प्रशंसाले ठूलो प्रभाव पार्न सकिन्छ । तपाईंले कतिपटक आफ्नी महिलालाई घरको काममा, उनको दुःखको बेलामा र उनको प्रेजेन्टेसनमा सहयोग गर्नुभएको छ ? तपाईंले यस्तो कुरालाई याद नराख्नु भएको भए पनि यस्तो कुरामा सहयोग गर्नाले उनले तपाईंलाई धेरै नै मन पराउनेछिन् । उनलाई पछिल्लो पटक कहिले सरप्राइज दिनुभएको थियो ? त्यसको लागि तपाईंले धेरै खर्चालु डिनरको आयोजना गरिरहनुपर्दैन । उनलाई सपिङ अथवा बाहिर घुमाउन लैजानुहोस् । महिलाहरु सानो सानो कुराले पनि खुसी हुन्छिन् । आफ्नो जीवनमा उनको महत्व कत्तिको छ भनेर भन्नुहोस् । यसो गर्नाले उनी पग्लने छिन् । सम्बन्धमा भएको केहि समयपछि नै पुरुषहरुले आफ्नी महिलालाई अनुदान पाएको जस्तो गर्दछन् । यस्तो आफूमा हुन नदिनुस् । आफ्नी महिलालाई तपाईंको पूर्व प्रेमिका अथवा श्रीमतीसँग तुलना नगर्नुहोस् । अरु महिलासँग तुलना गर्ने कुरामा महिला बढि संवेदनशील हुन्छन् त्यसैले कोही महिलासँग आफ्नी महिलालाई तुलना गर्नु भनेको तपाईंले पाप गरे सरह हो ।(एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video