Home �
Featured
,
Gossip
� अन्ततः बिहे नगरी नेपाल र्फकने भइन् रेजिना
Unknown |
16:30 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नायिका रेजिना उप्रेती ३ महिना अघि लण्डनतर्फ लागेपछि विभिन्न खालका समाचारले घेरिइन् । आफ्ना प्रेमीसँग बिहे गरेरे उत्तै घरजम गरेर बस्ने सोचका साथ रेजिना लण्डन गएको हल्लाहरु पनि नेपाली बजारमा चले ।तर नायिका उप्रेती भने सबै हल्लाहरुलाई चिर्दै एक्लै नेपाल र्फकदै छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आफु शुक्रबार बेलुका नेपाल आउन लागेको जानकारी गराएकी छिन् । शुक्रबार बेलुकी ८ः४० मा बेलायतबाट रेजिना नेपालका लागि उड्नेछिन् । उनी शनिबार दिउसो पौने तिन बजे नेपाल आइपुग्ने छिन् ।
उनले आफु चलचित्र ‘बरदान’ को च्यारेटी शोका लागि मात्र बेलायत आएको बताइन् । ‘सबै कुराको जवाफ म नेपाल आएर दिन्छ’, रेजिनाले अनलाइनखबरसँग भनिन् ।
उनले बेलायतका विभिन्न शहरमा ‘बरदान’ को ६ शो प्रदर्शन गरेको बताइन् । यस्तै १४ वटा विभिन्न कार्यक्रममा आफू सहभागी भएको उनको भनाई छ । रेजिनाले अर्को बर्ष बिहे गर्ने जानकारी समेत दिएकी छिन् । नेपाल आएर ‘बरदान’ को प्रदर्शनमा जुट्ने उनको योजना छ । रेजिना उप्रेतीको प्रस्तुतीमा कविता श्रेष्ठले निर्माण गरेको चलचित्र फागुन २५ गते प्रदर्शनमा आउँदैछ ।
नेपालको प्रदर्शन सकेर पुन विभिन्न देशमा ‘बरदान’ प्रदर्शन गर्ने रेजिनाको योजना छ । उनले राम्रो भूमिका पाएको खण्डमा मात्र सिनेमामा अभिनय गर्ने बताईन् । नायिका रेजिना उप्रेती लण्डनमा आफ्नो प्रेमीसँग रहदै आएको र उनै सँग बिहे गर्ने तयारी गरेको हल्ला नेपाली सिने बजारमा फैलिएको थियो । रेजिनाले आफू र प्रेमीको बिषयमा तत्काल केही नबोल्ने प्रतिक्रिया दिइन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
Featured,
Gossip
About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!
0 comments