‘बधशाला’ सेन्सर बोर्डले स्वीकारेंन , निर्माण युनिट आदलात जाने

Unknown | 08:08 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

प्रदर्शनको निर्धारित मिति नजिकिदै जाँदा समेत सेन्सर बोर्डले फिल्म जाँचपास नगरिदिएपछि ‘बधशाला’ निर्माण युनिटले अदालतको ढोका घच्घचाउने सुरसार गरेको छ । ‘बधशाला’ले ‘शान्तिप्रक्रिया बिथोल्ने’ भन्दै रक्षा मन्त्रालयले सेन्सर बोर्डलाई ‘पास’ नगर्न दबाब दिएपछि निर्धारित समयमा फिल्म प्रदर्शन नहुने पक्कापक्की जस्तै भएको फिल्मका निर्देशक मनोज पण्डितले हामीसँगको टेलिफोन कुराकानीमा बताए । उनले भने–‘यसका विरुद्ध अब अदालतमा जानुको हामीसँग विकल्प छैन ।’ पण्डितले भने–‘फाल्गुन २५ मा फिल्म प्रदर्शन हुने स्थिति एकदमै कठिन भईसक्यो्, अब राजनीतिक रुपमै प्रदर्शन गर्न दिने ‘चमत्कारिक’ निर्णय भयो भने मैले केही भन्न सक्ने अवस्था भएन ।’ निर्देशक पण्डितले आफूहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘बधशाला’ हेर्न दिईसकेको र प्रधानमन्त्री कार्यालयले तोकआदेश दिएरै प्रदर्शन गर्न निर्देशन दिए भने फिल्म प्रदर्शन हुन सक्ने जिकिर पनि गरे । तर, त्यो अवस्था भने धेरै टाडा भईसकेको उनको कथन छ । निर्देशक पण्डितले आफूहरुको फिल्म प्रदर्शनमा रोक लगाउनुलाई देशमा सैनिक हस्तेक्षपको सानो नमुना भएको तर्क गरे । उनले भने–‘यो देशमा साँचो लोकतन्त्र छैन, यो भनेको सैनिक हस्तक्षेपको सानो नमुना हो ।’ अब के साँच्चै तपाईहरु अदालत जानुहुन्छ त भन्ने हाम्रो प्रश्नमा पण्डितले भने–‘हामीसँग अन्तिम विकल्प यही छ, कि चाँही राजनीतिक स्तरबाटै निर्णय हुनुप-यो, नत्र हामी अदालत जान्छौं ।’ उनले आफूहरु हरेक दिन सेन्सर बोर्ड धाउँदा–धाउँदा दिक्क भएको भन्र्दै सेन्सर बोर्डले आफूहरुले केही गर्न नसक्ने बताएको उल्लेख गर्दै भने–‘बोर्डले यो हाम्रो वसमा छैन, पोलिटिकल्ली स्वीकृत नभएसम्म सेन्सर हुँदैन भनेको छ ।’ निर्देशक पण्डितले फिल्म प्रदर्शन नगर्नु भनेर आधिकारीक निकायले पत्र भने नदिएको बताए । उनले पत्र हात नपरेपनि अहिलेसम्मको ‘एक्टिभिटी’ले भने यस्तै कुरालाई संकेत गरेको दाबी पनि गरे । नेपाली चलचित्र ‘बधशाला’लाई प्रदर्शन गर्न नदिनु भनेर सेनाले नै हस्तक्षेपगर्दै आएको निर्माणपक्षले दाबीगर्दै आएको छ । द्धन्द्धकालमा सेनाले विद्रोहीपक्षलाई पक्राउगरी भैरवनाथ गणमा दिएको चरम यातनाको मूख्य विषयवस्तुमा बनेको फिल्म ‘बधशाला’का निर्माता मोहन डोटेल हुन् भने फिल्ममा अनुप वराल, सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई लगायतको अभिनय रहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video