Home �
Gossip
� नम्रता श्रेष्ठ लाइ चर्चा कामाउन अर्को एक अबशर , ''यामाहा रे'' सद्भावना दूत मा नियुक्त
Unknown |
16:16 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जापानिज मोटरसाइकल कम्पनी यामाहाले नयाँ स्कुटर ‘यामाहा रे’ नेपाली बजारमा भित्र्याको छ । कम्पनीले यामाहा रेको बजार प्रवर्द्धन गर्न नायिका नम्रता श्रेष्ठलाई सद्भावना दूत बनाएको छ ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एम. ए. डब्लु इन्टरप्राइजेज प्रालिले सोमबार राजधानीमा एक समारोहको आयोजना गरी ‘यामाहा रे’ स्कुटर सार्वजनिक गरेको छ । चार रङमा उपलब्ध ‘यामाहा रे’ स्कुटरको नेपाली बजारमा १ लाख ५८ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले मंगलबारदेखि देशभरिका शो-रुमबाट स्कुटरको विक्री सुरु गर्ने बताएको छ । नेपाली बजारमा आएको ‘यामाहा रे’ स्कुटर जापानी प्रविधिबाट भारतमा निर्माण गरिएको हो । ‘यामाहा रे’ ११३ सीसी इञ्जिन क्षमता भएको स्कुटर हो । स्कुटरका ट्रान्समिसन सेटिङहरु नेपाली सडक अनुकुल बनाइएको छ ।
सुरक्षालाई ध्यानमा राखेर कम्पनीले १३० मिलि मिटर ड्रम ब्रेक प्रविधि जडान गरेको छ । स्कुटरको सिटमुनिको भागमा हेल्मेट तथा ब्याग राख्न मिल्ने ठूलो ठाउँ रहेको छ । स्कुटर महिला तथा पुरुष दुबैका लागि उपयोगी हुने कम्पनीले दाबी गरेको छ । स्कुटरले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
Gossip
About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!
0 comments